२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

ओमसतियाका बाढीप्रभावितलाई रेडक्रसद्वारा राहत प्रदान

शनिवार , आश्विन १०, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १० असोज । 
    नेपाल रेडक्रस सोसाइटी उपशाखा धकधईले रुपन्देहीको ओमसतिया गाउँपालिकाका बाढीप्रभावितलाई राहत वितरण गरेको छ । ओमसतिया गाउँपालिका वडा नम्बर ५ पिपरहिया गाउँमा अविरल वर्षाका कारण क्षति भएका २२ घरका ८६ जना परिवारलाई राहत वितरण गरिएको उपशाखाका सभापति अनिल कुमार कौशलले बताए ।

    उपशाखाले खाद्यान्न सामाग्री तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले भाडाकुँडा, कपडा, त्रिपाल लगायतका सामाग्री वितरण गरेको रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष प्राध्यापक सुदर्शन नेपालले जानकारी दिए । 

    राहत वितरण कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल), रेडक्रसका मन्त्री आर.मोहम्मद खाँन, धकधई उपशाखा उपसभापति संजय कुमार गुप्ता ,रापप्राका केन्द्रिय सदस्य ताहिर अली, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय सागर, पार्टीका युवा नेता विद्या यादव, संचारकर्मी पशुपति यादव लगायतको उपस्थिति रहेको थियो ।