२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

स्थापना दिवसको अवसरमा दुर्गा सामुदायिकद्वारा रक्तदान

आइतवार , आश्विन १०, २०७८


भैरहवा, १० असोज ।

स्थापना दिवसको अवसर पारेर श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक) प्रहरी सि.न.पा. ३, ५ र ६ ले भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २२ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा सामुदायिक केन्द्रका सह–कोषाध्यक्ष आनन्द न्यौपानेले बताए ।

केन्द्रका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष संजय बजिमय, भैरहवा मर्निङवाक गु्रपका अध्यक्ष ओमकार गौचन, साहित्यकार विजय गोविन्द श्रेष्ठ, वनमाली निराकार लगायतले बोलेका थिए । केन्द्रका सह–कोषाध्यक्ष एवं कार्यक्रम संयोजक आनन्द न्यौपानेको स्वागत तथा महासचिव शैलेन्द्र तुलाधरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्थापना दिवसको अवसरमा श्री दुर्गा सामुदायिक सेवा केन्द्रले राम्रो कार्य गरेको कार्यक्रममा रक्तदान समेत गरेका समाजसेवी प्रख्यात बन्जाडेले बताए ।