२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लायन्स सिद्धार्थनगर टुलीपको आयोजनामा रक्तदान

आइतवार , आश्विन १०, २०७८

भैरहवा, १० असोज । 
लायन्स क्लब अफ सिद्धार्थनगर टुलीपको आयोजनामा भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको वार्षिक कार्यतालिकाको योजना अनुसार सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक नुमा ज्ञवालीले बताइन् ।

कार्यक्रममा बोल्दै श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले रक्तदान जीवनदान भएको बताए ।

क्लबका अध्यक्ष माया सारू मगरको अध्यक्षता, श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारको प्रमुख आतिथ्यता, लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)को आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १३ युनिट रगत संकलन भएको क्लबले जनाएको छ ।