२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

वडा कार्यालयको शौचालयमा शव

आइतवार , आश्विन १०, २०७८


काठमाडौं, १० असोज ।

बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार शवको पहिचान हुन सकेको छैन । स्थानीयले लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको बताएका छन् ।

शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए । रासस