२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

बाल्यकालमा हुने क्यान्सरविरुद्ध सचेतना कार्यक्रम

आइतवार , आश्विन १०, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, १० असोज ।
    बाल्यकालमा हुने क्यान्सरका विरुद्ध भैरहवामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजनामा शनिबार कार्यक्रम भएको हो ।बालकाल्यमा हुने क्यान्सरको रोकथाम तथा न्यूनीकरणका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले लायन्सको विधामा रहेर कार्यक्रमको आयोजना गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताए ।

    क्लबका अध्यक्ष तनु शर्मा कसौधनको अध्यक्षता, नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराईको प्रमुख आतिथ्यता, तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीर अस्पतालमा कार्यरत डा. सौगा पौडेल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवामा कार्यरत बालरोग विशेषज्ञ डा. राजु काफ्लेले बालरोगमा हुने क्यान्सरका बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा युसीएमएसमा कार्यरत डा. लक्ष्मी पाठक, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय भैरहवाका क्षेत्रीय प्रमुख शान्ति सुवेदी लगायतले बोलेका थिए ।

    कार्यक्रम संयोजक मुना गुरुङको स्वागत, मनिषा थापाको ध्वजा अभिवादन तथा निपा क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स लिडर महेशचन्द थापा, ओम कुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ, विजय पाण्डे, रचना घिमिरे, डा. श्रेया पौडेल र डा. स्मृति कसौधनको उपस्थिति रहेको थियो ।