images

बिहिवार, बैशाख १३ गते २०८१

आज विश्व पर्यटन दिवस, भैरहवाको सडकमा फोहोरको थुप्रो

आज विश्व पर्यटन दिवस, भैरहवाको सडकमा फोहोरको थुप्रो

images
images
images
सोमवार, आश्विन ११ २०७८
सोमवार, आश्विन ११ २०७८
  • आज विश्व पर्यटन दिवस, भैरहवाको सडकमा फोहोरको थुप्रो

    भैरहवा, ११ असोज। आज विश्व पर्यटन दिवस। प्रत्येक वर्ष बिभिन्न कार्यक्रम गरी यो कार्यक्रम मनाउने गरिन्छ। विगत २ वर्षदेखि भने कोभिड १९ का कारण पर्यटन दिवस मनाउन सकिएको छैन्। 

    images

    त्यस्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पर्यटन क्षेत्र थला परेको छ। दुई बर्ष देखि ठप्प जस्तै बनेको पर्यटन क्षेत्र अब सल्बलाउने आश गरिएको छ। कोभिडका कारण लामो समयदेखि बन्द रहेका भारतसंग जोडिएका सिमा नाका केहि दिनदेखि सुचारु भएका छन्। सिमा नाका सुचारु भएसंगै भारतिय पर्यटक नेपालका पर्यटकिय गन्तव्य आउन थालेका छन्। 

    विश्व पर्यटन दिवस मनाउन भारत तथा तेश्रो मुलुकबाट पर्यटकहरु भारतिय सिमानाका वलहियाबाट नेपाल आईरहेका छन्। पर्यटन दिवस मनाईरहदा शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पर्यटकीय नगर सिद्धार्थनगर भैरहवामा बिगत एक हप्तादेखि सिद्धार्थनगरको फोहर उठ्न सकेको छैन्। फोहर सडकमा यत्रतत्र फैलिएको छ। फोहोरले सिद्धार्थनगर दुर्गन्धित बनेको छ। दिउसो घाम लागेको समयमा फोहरको दुगन्धले हिड्न नसक्ने अबस्था आइसकेको छ। 

    IMG_20210924_163601.jpg

    नगरका मुख्य सडकमै फोहोर थुप्रिदा सडक हो कि फोहोर फाल्ने ठाउँ (डम्पिङ साईट) भनेर प्रश्न उठिरहेको छ। भैरहवा हुदै लुम्बिनी तथा अन्य पर्यटकिय क्षेत्र जाने पर्यटकले शहरमा थुप्रिएको फोहोर देख्दा कस्तो सन्देश जाला? प्रश्नचिन्ह खडा भएको छ। नगरपालिकामा फोहोर प्रशोधन केन्द्र (डम्पिङ साइट) नहुँदा नगरमा उठ्ने फोहर संकलन गरी डण्डा खोला छेउमा थुपार्ने गरिएको छ। तर स्थानीयले नगरमा संकलित फोहरका लागि नगरपालिकाले योजना बनाएर अगाडी बढ्नुपर्ने र अब डण्डा खोला नजिक फोहोर फाल्न नदिने बताउँदै आएका छन्।

    डण्डा नदी छेउमा फालिएको फोहरका कारण स्थानियलाई बिभिन्न खालका संक्रामक रोग लागेको भन्दै फोहर फाल्न नदिने बताउदै आएका छन्। 
    सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको ओमसतिया गाउँपालिका–५ पट्खौलीमा खरिद गरेको जग्गामा पनि स्थानीयको अबरोधपछि यत्तिकै अलपत्र परेको छ। स्थानीय आशिष पन्तले सडकमै फोहर थुप्रिदा शहर दुर्गन्धित भएको बताए। उनले पटकपटक नदी किनारमा फोहोर नफाल्न माग गर्दै स्थानीयले अबरोध गरेकाले स्थानिय सरकारले यसतर्फ दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिए। ‘डण्डा नदी छेउमा फोहोर नफाल्न र फोहरमैला व्यवस्थापनका लागि विगतदेखि नै आवाज उठ्दै आएको छ, नगरपालिकाले यस विषयमा चासो दिनुपर्छ,’ उनले भने।

    समाजसेवी प्रख्यात बन्जाडेले २०७६ साल चैतको लकडाउन अघि नै नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइए पनि नगरपालिकाले यसतर्फ चासो दिन नसकेको बताए। उनले भने, ‘नगरपालिकालाई फोहोरमैला प्रशोधन केन्द्र बनाउन एक्लै समस्या छ भने नजिकका पालिकाहरुसंग समन्वय गरेर एकीकृत फोहर प्रशोधन केन्द्र बनाउनेतर्फ लाग्नुपर्छ।’ त्यस्तै प्लाष्टिक पूर्ण रुपमा निषेध गरे फोहोर उत्पादनमा न्यूनीकरण हुने उनले बताए।

    डण्डा नदी किनार स्थानीय (पक्लिहवा र मेउडहवा) स्थानीयले भने नदी छेउमा फोहर फाल्दा त्यसले आफूहरुको स्वास्थ्यमा नकारात्मक असर गरेकोले अब फोहार फाल्न नहुने भन्दै विरोध गरिरहेका छन्। सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा सदस्य समेत रहेका स्थानीय दिपेश प्रताप शाहीले करिब ३० वर्षदेखि एउटै ठाउँमा ल्याएर फोहर थुपारिएको बताए। ‘फोहर एकै स्थानमा ल्याएर दिनहुँ डम्पिङ गर्दा यो क्षेत्र दुर्गन्धित भएको छ, यहाँका स्थानीय स्वास्थ्यसम्बन्धि समस्याबाट पीडित हुनुहुन्छ,’ उनले भने। यस क्षेत्रमा स्वर्गद्वारी घाट समेत निर्माण भइरहेको अवस्थामा अब नदी र नदी किनारलाई स्वच्छ र सफा राख्नुपर्ने उनको भनाइ छ।

    सिद्धार्थनगर नगरपालिकाका फोहोर, वातावरण तथा सरसफाई शाखा प्रमुख केशव पौडेलले स्थानीयको अवरोधका कारण फोहर फाल्न नसकिएकाले फोहोर सडकमा थुप्रिएको बताए। उनले भने, ‘फोहोर बोक्ने गाडी जान नसकेकाले फोहोर फाल्न सकिएको छैन, स्थानीयले व्यवस्थित गर्ने कुरा गर्नुभएको छ, यसको लागि नगरपालिकाले पहल गरिरहेको छ।’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij