२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै मणिग्राममा प्रदर्शन

शनिवार , आश्विन १०, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • तिलोत्तमा । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डाक्टर गोबिन्द केसीको जिवन रक्षाको माग गर्दै रुपन्देहीको मणिग्राममा युवाहरुले प्रर्दशन गरेका छन् । 

    रुपन्देहीका बिभिन्न स्थानबाट आएका युवायुवतीले शनिबार मणिग्राममा डा. केसीको सर्मथनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएका युवाहरुले मेडिकल शिक्षा सर्वसुलभ गर, राज्य आतङक बन्द गर, भ्रष्टचारीलाई कार्वाही गर, केपी ओलीको मिसन सिटामोलमा कमिसन, डा. केसीको जिवन रक्षा गर लगाएतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    सहभागीहरुले जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसन रत डाक्टर केसीमाथि गरिएको अभद्र व्यवहारको बिरोध समेत गरेको प्रर्दशनमा सहभागि नेपाली कांग्रेसका युवा नेता गणेश पाठकले जानकारी दिए । 

    p1.jpg