२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

वृक्षारोपण कार्यक्रम सम्पन्न

सोमवार , आश्विन ११, २०७८

भैरहवा, ११ असोज ।
रोटरी क्लब अफ मणिग्राम र रोट्रयाक्ट क्लब अफ मणिग्रामको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ स्थित ईलाका प्रहरी कार्यालय मंगलापुर परिसरको खाली जग्गामा वृक्षारोपण गरिएको छ ।
वातावरण संरक्षण गरी हरियाली प्रबद्र्धन गर्ने उद्देश्यका साथ अम्बा, बेल, जामुन, कागती, टिक लगायतका छहारी दिने तथा फलफुल उत्पादन हुने ४५ वटा विरुवा रोपिएको हो ।

कार्यक्रम रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष केशवप्रसाद न्यौपानेको अध्यक्षता र रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान इकोनोमिक एण्ड कम्युनिटी डेभलपमेण्ट कमिटीका को–चेयर, डिष्ट्रिक इस्ट्राटेजिक प्लानिङ कमिटी रिजन ५ का चेयर लक्ष्मण ज्ञवालीका प्रमुख आतिथ्यतमा भएको थियो ।

सो अवसरमा ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक लक्ष्मण डाँगी, क्लबका निवर्तमान अध्यक्ष कृष्णप्रसाद नेपाल, सचिव सागर पाठक, रोट्रयाक्ट क्लब अफ मणिग्रामका अध्यक्ष निराजन अर्याल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । वक्ताहरुले स्वार्थ भन्दा माथि सेवा भन्ने रोटरीको मूल मन्त्रलाई आत्मसात गर्दै क्लबले विकास, संरक्षण र समृद्धिकै लागि काम गरिरहेको उल्लेख गरेका थिए । प्रहरी नायव निरीक्षक डाँगीले रोपिएका बिरुवाले प्रहरी कार्यालयको शोभा बढाउने उल्लेख गर्दै त्यसको संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।