२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

एबीसी नेपालद्वारा पत्रकारहरुसंग अन्तरक्रिया

आइतवार , आश्विन ११, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, ११ असोज ।
    एबिसी नेपालको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आएलओ) को सहयोगमा वर्क इन फ्रिडम प्रोजेक्टसम्बन्धि पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सियारी गाउँपालिका, रुपन्देहीका योजना अधिकृत रोमलाल पुरीले विदेश भन्दा पनि स्वदेशमै रोजगारीको सिर्जना गरी जीविकोपार्जनको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

    एबीसी नेपालका क्षेत्रीय अध्यक्ष प्रतिभा देवकोटाले विदेशिन लागेका युवा महिलाहरुलाई बेलैमा सचेत गराउन सकिए विदेशमा गएर दुःख भोगेका हजारौं युवा महिलाहरुलाई आफ्नै देशमा केही व्यवसाय सञ्चालन गरी आयआर्जनतर्फ प्रोत्साहन हुने बताइन् ।

    एबिसी नेपालका क्षेत्रीय प्रमुख मनोज लामिछानेले समाजमा पिछडिएका घरपरिवार र विदेश जान लागेका युवा महिलाहरुलाई देशमै रोजगारी गरेर आयआर्जन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले सकभर स्वदेशमै रोजगारी गर्नुपर्ने र जानैपर्ने भए पनि नीतिनियम बुझेर जानुपर्ने बताए ।

    कार्यक्रममा गैरसरकारी महासंघ प्रदेश ५ का अध्यक्ष गोविन्द प्रसाद रेग्मी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई लगायतले बोलेका थिए । एबिसी नेपालका कार्यक्रम अधिकृत सुन्नर हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।