२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

भैरहवामा मनाइयो विश्व रेबिज दिवस

बुधवार , आश्विन १३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १३ असोज ।
    विश्व रेबिज दिवस २०७८ भैरहवामा पनि मनाइएको छ । रेविजको डरलाई कम गर्दै विश्व समुदायलाई रेबिजको जानकारी र तथ्यहरुमा केन्द्रित गरिन आव्हान गर्दै यो दिवस मनाइएको छ । दिवसको अवसरमा बोल्ने वक्ताहरुले कुकुरको टोकाइबाट ९० प्रतिशत सम्म सर्न सक्ने भाइरस भएकाले बच्नका लागि खोप नै उपयुक्त उपाय भएकाले समयमै सजग हुनुपर्ने औल्याइएको थियो । 

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रुपन्देहीका केन्द्र प्रमुख डा. उत्तम आचार्यको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. शम्भु शाह, प्रोफेसर डा. यम बहादुर कुंवर, नेपाल भेटेरीनरी एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष डा. वसन्त आचार्य, डा.श्रृजन वास्तोला लगायतले बोलेका थिए । विज्ञ केन्द्रका पशु चिकित्सक डा. भरत काफ्लेको स्वागत मन्तव्य तथा पशु विकास अधिकृत डा. प्रतिमा विष्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।