२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

सरावलमा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

आइतवार , आश्विन ११, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • नवलपरासी,११ असोज ।
    पश्चिम नवलपरासीको सरावलमा किशोरीहरुका लागि दुईदिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा सरावल गाउँपालिकाको समन्वय र एबीसी नेपाल, स्ट्रोम फाउढडेसनको सहयोगमा शुक्रबारदेखि सञ्चालन गरिएको तालिम शनिबार सम्पन्न गरिएको हो ।

    सञ्जालका उपाध्यक्ष आईसा खातुनको अध्यक्षता तथा सरावल गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक उत्तमा रायको प्रमुख आतिथ्यता र वडा नम्बर ३ का वडाअध्यक्ष अणेन्द्र नाथ रायको विशिष्ट अतिथतामा सम्पन्न तालिममा बोल्दै प्रमख अतिथि रायले तालिम जीवन उपयोगी रहेको र सिकेर व्यवसायिक पनि सञ्चालन गरी आयआर्जन गर्न सकिने समेत बताइन् ।
    उनले एबिसी नेपाल, स्ट्रोम फाउण्डेशनले किशोरीहरुका लागि सिपमुलक तालिम सञ्चालन गरेर दक्षता हासिल गराउनुका साथै प्याड बनाएर आफै प्रयोग गर्ने सकिन्छ भन्ने भावनाको विकास समेत गराएको बताइन् ।

    कार्यक्रममा बोल्दै सञ्जालका उपाध्यक्ष खातुनले तालिमबाट सिकेका प्याड सम्बन्धि ज्ञान, दक्षता, सीपलाई आफ्नो व्यवहारिक जीवनमा प्रयोग गर्नुका साथै आफ्नो सरसफाईका लागि पनि प्याड आवश्यक रहेकाले एबिसि नेपालले यस क्षेत्रमा लगानी गरेको बताइन् ।

    सरावल गाउँपालिकाभित्र एबिसी नेपालद्वारा सञ्चालित सम्वाद कार्यक्रमसंग सम्बन्धित २५ जना किशोरीहरुको सहभागिता रहेको थियो । युक्त तालिमको सहजीकरण कमला फुल्देलले गरेकी थिइन् । सञ्जालका कोषाध्यक्ष सन्दिप वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।