२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रामलखन जयसवालको मृत्युबारे छानबीन गर्न जयसवाल युथ क्लबको माग

आइतवार , आश्विन ११, २०७७

भैरहवा, ११ असोज ।
जयसवाल युथ क्लब बुटवल, रुपन्देहीले  सिद्धार्थनगर नगरपालिका–५ निवासी रामलखन जयसवालको मृत्युबारे स्वतन्त्र निकायबाट छानबीन हुनुपर्ने माग गरेको छ । क्लबले मृतक जयसवालको परिवारजनप्रति ऐक्यवद्धता जनाउँदै दोषीलाई कारवाही गर्न परिवारलाई राहत एवं क्षतिपूर्ति दिलाउन समेत माग गरेको छ ।

आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै क्लबले कारागारमा कैद सजाय भुक्तान गरिरहेका व्यक्तिको जीउधनको सुरक्षा र उपचारमा देखिएको शंकामा प्रश्न उठ्नु नागरिकको बाँच्न र उपचार गर्न पाउने अधिकार माथिको हनन भएको बताएको छ ।

जयसवालको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको कारागार प्रशासनले परिवारलाई जानकारी गराएको तर अस्पताल पुगेका परिवारलाई शव हेर्न पनि नदिएको र मृतकको छोरीले लुकिछिपी हेर्दा मृत शरीरमा अनौठा खालका फोकाहरु देखिएको, मुखबाट रगत बगेको र घाँटीमा समेत चोट देखिएको छ, यसले उहाँको स्वभाविक मृत्यु नभएकोमा शंका गर्न सकिन्छ, क्लबका अध्यक्ष विनोद कुमार जयसवालले भने ।

यसबारे कारागार प्रशासन र अस्पतालले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराए पनि परिवारले स्वतन्त्र छानबीनको माग गरिरहेको जससवालले बताए ।

‘पूर्व वडाअध्यक्ष समेत रहेका जयसवाल केन्द्रीय कारागार काठमाण्डौमा बन्दी रहेको अवस्थामा अस्वस्थ भइ कारागार प्रशासनले वीर अस्पतालमा पु¥याएको र उहाँको अस्वभाविक मृत्यु भएको आफन्तको भनाइले हामीलाई मर्माहत तुल्याएको छ, ज्ञापनपत्रमा उल्लेख छ ।’
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले घटनाबारे छानबीन भइरहेको बताए ।