२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

गुल्मी मालिका ७ घमिरका युवा १६ दिनपछि जङ्गलमा  मृत अबस्थामा भेटिए 

बिहिवार , आश्विन १४, २०७८

असोज, १४ गुल्मी ।  गुल्मीको मालिका गाउँपालिका वडा न ७ घमिर दीर्घका ३१ वार्षिय लेखनाथ पन्थी १६ दिनपछी  मृत अवस्थामा फेला परेका छन् । मृत पन्थी दीर्घ नजिकैको गरेङ्ग खोलाको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् । उनी भदौ २८ गतेदेखि परिवारको सम्पर्कबाहिर थिए। 

स्थानीय जङ्गलमा निउरो टिप्न गएको बेला पन्थीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको मालिका गाउँपालिका वडा न ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले जानकारी दिए । वडा अध्यक्ष पन्थीका अनुसार पन्थी  शारीरिक र मानसिक रूपमा अशक्त थिए  ।  

घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए।