२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

स्काईलार्कमा दुना टपरी बनाउने तालिम

शनिवार , आश्विन १६, २०७८

बुटवल, १६ असोज ।
स्काईलार्क इङलिश बोर्डिङ स्कुल वाणगंगा–११ कपिलवस्तुमा एकदिने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेको अध्यक्षतामा भएको तालिमको उद्घाटन वडा नम्बर ११ का वडाअध्यक्ष एवं विद्यालयका सल्लाहकार सोमनाथ अर्यालले गरेका थिए । आधुनिक युगमा लोप हुँदै गइरहेको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना टपरीको प्रयोगलाई बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको प्राचार्य डुम्रेले बताए । तालिममा कक्षा ४ देखि ९ सम्मका छात्राहरुको सहभागिता रहेको थियो । 

प्राचार्य डुम्रेले यसबाट विद्यालय उमेरका बालिकाले आफ्नो घरमा हुने सांस्कृतिक एवं धार्मिक कार्यमा यसको प्रयोग गरी आर्थिक भार कम गर्नुका साथै परम्परागत सिपको विकास, संरक्षण र सम्बद्र्धन गर्न सकिने बताए । त्यस अवसरमा वडाअध्यक्ष अर्याल, विद्यालयका सल्लाहकार संयोजक रवि बहादुर काफ्ले, प्रावि संयोजक यशोदा खत्री, शैक्षिक संयोजक ध्रुव पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा कविता ढुंगाना, यशोदा खत्री, लिला पाठक, माया थापा र गायत्री अस्लामीले सहजीकरण गरेका थिए ।