२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

कोरोना संक्रमित महिलाको दाङमा उपचारको क्रममा मृत्यु

आइतवार , आश्विन १७, २०७८

बुटवल ।  कोरोना बिशेष अस्पताल बेलझुण्डीमा रोल्पाकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा जिल्लाको गंगादेव वडा नं. १ की ३० बर्षीया महिला रहेकी छिन् । उनको आईतबार दिउँसो सवा १२ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

ति महिलाको असोज १४ गते देखि अस्पतालको आईसियुमा राखेर उपचार भई रहेको थियो । मृतक महिलालाई कोभिड संगै निमुनिया र स्वास प्रश्वासमा समस्या थियो । हाल अस्पतालमा ४ जना संक्रमित उपचाररत छन् ।