२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

जेसिआई सिद्धार्थ लेडिको साप्ताहिक कार्यक्रम सम्पन्न

आइतवार , आश्विन १७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा। जेसिआई सिद्धार्थ लेडी नेपालको साताव्यापी कार्यक्रम सम्पन्न भएको छ। रजत जयन्तीको अवसर पारेर आयोजना गरिएको सप्ताह व्यापी कार्यक्रमको शनिबार समापन गरिएको हो। 

    सप्ताह व्यापि कार्यक्रम अन्तरगत पहिलो दिन सुभारम्भ तथा क्यान्सर बिरामीलाई आर्थिक सहयोग गरिएको थियो। दाश्रो दिन सुगर बिरामी र महिलाको पाठेघरको परिक्षण गरिएको थियो।

    तेस्रो दिन चुरा पोते बनाउने हस्तकला तालीम, चौथो दिन वक्तृत्वकला प्रतियोगिता, पाचौ दिनमा ब्याडमिन्टन प्रतियोगिता भएको थियो। त्यसैगरी छैठौ दिनमा संसदिय सभा प्रणाली बारे तालिम गरी र सातौ दिनमा साताभरि भएका कार्यक्रममा सहभागीहरुलाई शुभकामना आदान प्रदान तथा पुरस्कार बितरण गरेको थियो। 

    समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य निर्मला मुडवरी भट्टराईले पुरस्कार वितरण गरिन। पुरस्कार वितरण गर्दै सांसद मुडवरीले जेसिआई सिद्धार्थ लेडिले महिलाको नेतृत्व बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरिन। रिमा न्यौपानेको अध्यक्षता, लक्ष्मी अधिकारीको संयोजनमा भएको कार्यक्रमको सञ्चालन अम्बिका घिमिरेले गरेकी थिइन्।