
आइतवार , आश्विन १७, २०७८
भैरहवा, १७ असोज ।
६६ औं प्रहरी दिवस–२०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय, रुपन्देही परिसरमा आइतबार बिहान वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी., प्रहरी नायव उपरीक्षक सत्यनारायण थापा लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij