२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

प्रहरी दिवसको अवसर पारेर भैरहवामा ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम

आइतवार , आश्विन १७, २०७८

भैरहवा, १७ असोज ।
६६ औं प्रहरी दिवस-२०७८ को अवसरमा भैरहवामा ‘तपाईंको मास्क खोई  ?’ कार्यक्रम सञ्चालन गरिएको छ ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा आइतबार भैरहवाको देवकोटा चोकमा यात्रु, चालक तथा पैदलयात्रीलाई मास्क वितरण गरिएको हो । 

कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय, भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशिल कुमार यादव, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी., प्रहरी नायव उपरीक्षक सत्यनारायण थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवस बहादुर जि.सी., सिद्धार्थ सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सि.न.पा.५, १२ र १३ का पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।