
सोमवार , आश्विन १८, २०७८
बुटवल, १८ असोज ।
लायन्स क्लब अफ बुटवल गोल्डेन जुब्लीले गुल्मीको एक विद्यालयलाई सहयोग गरेको छ । गुल्मीको इश्मा–६ स्थित मुल्म आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई क्लबले ई–सेवा मनी ट्रान्सफरको सहकार्यमा ७० हजार रुपैयाँ बराबरको उपकरण तथा विद्यालय सामग्री सहयोग गरेको हो ।
एक कार्यक्रमकाबीच बिद्यालय परिसरमा ई–सेवा लुम्बिनी प्रदेशका प्रमुख विष्णु खनाल, क्लबका संस्थापक अध्यक्ष आवेश पौडेल, शुद्धोधन गाउँपालिकाका स्वास्थ्य प्रमुख समिर भण्डारी, क्लबका उपाध्यक्ष शिवम न्यौपाने, सचिव दिपक अर्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोमलाल भण्डारी, प्रअ माया महतलाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
विद्यालयलाई एक थान कम्युटर, प्रिन्टर, खेलकूद सामग्री, सेनेटरी प्याड, कापी र मास्क सहयोग गरिएको क्लबका अध्यक्ष पौडेलले बताए । क्लबको वार्षिक कार्यक्रम अन्र्तगत क्लबले लायन्स भिलेजका रुपमा सो गाउँपालिकालाई लिएर विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमका संयोजक अशोक क्षेत्रीले लायन्स भिलेजको अवधारणासहित शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाईका क्षेत्रमा क्लबबाट सचेतनासंगै अन्य सहयोग गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij