images

शनिवार, बैशाख २२ गते २०८१

रुपन्देहीमा खुकुरी प्रहारबाट मजदूरको मृत्यु

रुपन्देहीमा खुकुरी प्रहारबाट मजदूरको मृत्यु

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • रुपन्देहीमा खुकुरी प्रहारबाट मजदूरको मृत्यु

    रुपन्देही, १८ असोज ।
    रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहारबाट एक मजदूरको मृत्यु भएको छ । उक्त घटनामा अर्का एक घाइते भएका छन् । वडा नं ३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको मृत्यु भएको रुपन्देही प्रहरी  कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

    images
    images
    images

    गएराति ११ बजे सोही उद्योगमा कार्यरत भारतीय मजदूर रवी सिंहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताए । सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij