२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रुपन्देहीमा सोमबार ४२ जना कोरोना संक्रमित थपिए

सोमवार , आश्विन १२, २०७७

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • भैरहवा, १२ असोज । 
    रुपन्देहीमा सोमबार थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १० महिला र ३२ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा २३, सिद्धार्थनगर नगरपालिकामा १२, तिलोत्तमा ३, सियारी गाउँपालिकामा २, देवदह र सैनामैना नगरपालिकामा १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ४ सय ९६ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    जिल्लामा हालसम्म १ हजार ८ सय ४१ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ६ सय ३४ जना उपचाररत छन् । त्यस्तै जिल्लामा हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।