२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

पाल्हीनन्दन र बर्दघाटमा निःशुल्क स्वास्थ्य परिक्षण 

बिहिवार , आश्विन २१, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • परासी। नवलपरासीको पाल्हीनन्दन गाँउपालिका वडा नम्बर २ मा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरिएको छ। स्टार्ट नेटवर्क फण्ड नेपालको आर्थिक सहयोग, एक्सन एड नेपाल र किर्डाक नेपालको प्राविधिक सहयोगमा बाढी प्रतिकार्य परियोजना अन्तरगत निःशुल्क स्वास्थ्य शिबिर राखिएको हो। 

    पाल्हीनन्द गाउँपालिका र एविसि नेपालको समन्वय तथा चिसापानी अस्पतालको सहयोगमा भएको स्वास्थ्य शिबिरमा ३ सय ६० जनाले स्वास्थ्य परिक्षण गराएको किडार्कको कार्यक्रम संयोजक बिश्वराज लामिछानेले जानकारी दिए। जसमध्ये बृद्धबृद्धा देखि बालबालिका सम्मको सहभागिता रहेको थियो। 

    स्वास्थ्य परिक्षण गराएका मध्ये अधिकांशमा छाला, एलर्जी, भाईरल ज्वरो, महिला सम्बन्धी रोग तथा हाडजोर्नी सम्बन्धी समस्या देखिएको थियो। बिरामीलाई आबश्यक औषधी समेत बितरण गरिएको थियो। 

    त्यस्तै नवलपरासीको बर्दघाटमा पनि निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरिएको छ। बर्दघाटमा भएको स्वास्थ्य शिबिरमा झण्डै ३ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए। बर्दघाटमा पनि भाईरल ज्वरो, एलर्जी, महिला सम्बन्धी समस्या र छाला सम्बन्धी समस्या देखा परेको र सोहि अनुरुप औषधी समेत बितरण गरिएको किडार्कको कार्यक्रम संयोजक बिश्वराज लामिछानेले जानकारी दिए। 

    स्वास्थ्य शिबिरमा चिसापानी अस्पतालका मेसु डा. पवन अग्रहरी, मेडिकल अफिसर डा. शान्ति केसी, डाक्टर दिपेन्द्र प्रताव सिंह लगाएतका डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए। स्वास्थ्य परिक्षण पछि स्थानियले आफुहरुले निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्नुका साथै औषधीको उपयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। 

    IMG-20211006-WA0020.jpg