२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

सांसद कंडेलद्वारा विद्यालय भवनको शिलन्यास

मंगलवार , आश्विन १३, २०७७

  • 8.9K
    Shares
  • 8.9K
    Shares

  • नवलपरासी, १३ असोज ।
    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ करमैनीमा नेपाली  कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृह राज्यमन्त्री (सांसद) देवेन्द्रराज कंडेलले ४ कोठे भवन विद्यालय भवनको शिलन्यास गरेका छन् । कंडेलले राष्ट्रिय माध्यमिक विद्यालयको ४ कोठे भुकम्प प्रतिरोधात्कक भवनको शिलन्यास गरेका हुन् । ६७ लाख लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि कंडेलले विद्यालयले शिक्षा क्षेत्रमा इतिहास रच्न सफल होस् भन्दै शुभकामना दिए ।
    त्यस्तै नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु पौडेलले भवनबाट विद्यार्थीहरु लाभान्वित भएको बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिराम पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका शिक्षा विभागका केन्द्रिय सदस्य एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राधेश्याम पाठक, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुंवर, रामग्राम नगरपालिका ९ का वडा अध्यक्ष सुनिल पाठक, विद्यालयका प्रधानाध्यापक आरमोहम्मद खान लगायतको सहभागिता रहेको थियो ।