२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यु

आइतवार , आश्विन २४, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २४ असोज ।
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा पर्ने निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । उक्त क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाइएकोले विगत केही दिनदेखि सुरक्षा व्यवस्था मजबुत बनाइएकोमा स्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

    ‘शान्ति सुरक्षाको अवस्था समेत जोखिममा पर्न जान सक्ने देखिएकाले शान्ति सुरक्षालाई मजबूत र प्रभावकारी बनाउन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को अधिकार प्रयोग गरी असोज २४ दिउँसो ४ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ, ’प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा आइतबार जारी आदेशमा उल्लेख छ । औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।

    244599799_391085609335928_5517825772841564720_n.jpg