
आइतवार , आश्विन २४, २०७८
भैरहवा, २४ असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगरले वडा दशैं, तिहार तथा छठ पर्व–२०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने सहभागिहरुले चाडपर्वको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले चाडपर्वको महत्व बढ्ने बताए । उनीहरुले धर्म, संस्कृति, रितिरिवाजलाई बिर्सन नहुने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स क्लबले सामाजिक कार्यसंगै धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पुर्याउँदै आएको बताए ।
कार्यक्रममा लायन्स लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणा, डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ, डिष्ट्रिक चिफ गणेश बहादुर क्षेत्री, डिष्ट्रिक डेपुटी चिफ रुपमा हिराचन, रिजन चेयरपर्सन संगम न्यौपाने, जोन चेयरपर्सन रचना क्षेत्री, लायन्स सिद्धार्थनगरका पूर्व अध्यक्ष ओमकार गौचन, लायन्स सिद्धार्थनगरका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्य, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, लायन्स क्लब अफ भैरहवाका अध्यक्ष दीपक पौडेल लगायतले बोल्दै विकृतिको अन्त्य गर्दै चाडपर्व मनाउनुपर्ने बताए ।
क्लबका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबका निर्देशक टीकाराम भट्टराईको स्वागत, निर्देशक रघु खनालको झण्डा अभिवादन तथा सचिव धर्मराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा पनि लायन्स क्लब अफ सिद्धार्थनगरले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै जाने क्लबका कोषाध्यक्ष उमेश थापा मगरले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij