२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

दशैं मनाउन बाल सुधार गृहलाई खसी

सोमवार , आश्विन २५, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २५ असोज । 
    रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले बाल सुधार गृह भैरहवामा रहेका बालबालिकाहरुलाई दशैं मनाउन खसी तथा खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले बालगृहलाई २३ केजी तौलको खसी, हल्का पेय पदार्थ (कोल्ड डिं«क्स) र एक बोरा चिउरा उपलब्ध गराएको कार्यक्रम संयोजक रामकृष्ण शर्मा वाग्लेले बताए । क्लबले उक्त सामग्री बाल सुधार गृहका प्रमुख सुभद्रा गौतमलाई हस्तान्तरण गरेको हो । 

    क्लबका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ जोन २५ का एसिटेन्ट गभर्नर देवी गुरुङ, नमुना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्याल, क्लबका पूर्व अध्यक्ष जितेन्द्रनाथ शर्मा, दिनेश पौड्याल, खिम बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।