
मंगलवार , आश्विन १३, २०७७
भैरहवा, १३ असोज ।
सिद्धार्थ सामुदायिक समाज भैरहवाको आयोजना तथा केयर नेपालको सहयोगमा मंगलबार बाढीप्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको भर्थापुरका ४१ घरपरिवारलाई र सम्मरीमाइ गाउँपालिकाका बाढीप्रभावित ५६ गरी जम्मा ९७ जनालाई राहत सामाग्री वितरण गरिएको हो ।
प्रतिपरिवार हाइजिन किट १ सेट, ब्लान्केट २ थान, चामल ६० किलो, दाल ४ किलो, नुन २ किलो, घिउ १ किलो, तेल ४ लि.,च्युरा ५ किलो, चिनी ३ किलो, दालमोठ २ किलो, सर्वोतम पिठो २ किलो, बिस्कुट १ दर्जन वितरण गरिएको अध्यक्ष सिद्धार्थ सामुदायिक समाजकी अध्यक्ष समिता मल्लले बताइन् ।
सो अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी, सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु), केयर नेपालका शितेस तिवारी ,जगन्नाथ कुर्मी लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij