images

शनिवार, बैशाख ८ गते २०८१

तृषा पशुपालक समूहले गर्‍यो सार्वजनिक सुनुवाई

तृषा पशुपालक समूहले गर्‍यो सार्वजनिक सुनुवाई

सामूहिक रुपमा दुग्ध पदार्थ उत्पादन गरेर उपभोक्तामाझ पुर्‍याउने लक्ष्य

images
images
images
सोमवार, कार्तिक १ २०७८
सोमवार, कार्तिक १ २०७८
  • तृषा पशुपालक समूहले गर्‍यो सार्वजनिक सुनुवाई

    भैरहवा, १ कार्तिक ।

    images
    images
    images

    तृषा पशुपालक समूह तिलोत्तमा नगरपालिका १३ मधवलिया, रुपन्देहीले आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । भैसीपालनमार्फत दुध र दुग्ध पदार्थ पदार्थ उत्पादन गरेर उपभोक्तामाझ पुर्याउने उद्देश्यले गठित समूहले तिलोत्तमा–१३ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका–१३ का वडाअध्यक्ष गणेश न्यौपानेले कृषकहरुलाई कृषक समूहमा आबद्ध हुन आग्रह गरे । उनले प्रतिष्पर्धाका लागि समेत कृषक समूहमा आबद्ध हुनुपर्नेमा जोड दिए । वडाअध्यक्ष न्यौपानेले भारतबाट समेत दुग्ध पदार्थ आयात गर्नुपरेका दुःखेसो पोखे । ‘राज्यको नीतिका कारण पशुपालक कृषक मर्कामा परेका छन्, गाई भैसीको दुध दुहेर पशु चौपायलाई खुवाउनुपर्ने बाध्यता छ, ’उनले भने । कृषकले अनुदान पाउने प्रक्रिया सहज नभएको उनको भनाइ छ । ‘नीतिनियम बनाउने ठाउँमा किसान पुग्न सकेका छैनन्, वास्तविक कृषक अनुदानबाट वञ्चित छन्, कृषि क्रान्तिको आवश्यकता छ, ’उनले भने ।

    तृषा पशुपालक समूहका अध्यक्ष दिपशिखा घिमिरेले सार्वजनिक सुनुवाईमा आएका सुझाव सल्लाहलाई मध्यनजर गर्दै समूह अगाडी बढ्ने बताइन् । उनले शुद्ध दुग्ध पदार्थ उत्पादन गरेर विक्रीवितरण गर्ने समूहको उद्देश्य रहेको बताइन् ।

    समूहका उपाध्यक्ष गोपाल शर्माले भैसीको दुध उत्पादन गरेर उपभोक्ता समक्ष शुद्ध दुध र दुग्ध पदार्थ पुर्याउने समूहको उद्देश्य रहेको बताए । उनले छिमेकी मुलुकबाट आयात हुने दुधजन्य पदार्थलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

    समूहका सचिव अमित शर्माले उत्पादनलाई बजारीकरण गर्न सहज होस् भन्ने उद्देश्यले समूह गठन गरिएको बताए । उनले सिद्धार्थनगर–१२ मा समूहको सम्पर्क कार्यालय रहेको जानकारी दिए ।

    नेपाली कांग्रेस तिलोत्तमा–१३ का सभापति नारायण ढकालले उर्जाशिल शक्ति विदेश पलायन भएकाले काम गर्ने जनशक्ति पाउन समस्या भएको बताए । उनले अनुदानका लागि कृषि नभइ कृषिका लागि अनुदान हुनुपर्ने बताए । ढकालले अनुदान वास्तविक कृषकले पाउनुपर्नेमा जोड दिए ।

    कृषक प्रकाश न्यौपाने, प्रहरी चौकी चिल्हियाका प्रमुख भीमार्जुन अधिकारी लगायतले समूहको उद्देश्यको बारेमा जिज्ञासा राखेका थिए । नवज्योति आमा समूहका अध्यक्ष सीता न्यौपानेले समूहमार्फत सञ्चालन गरिने परियोजनाले रोजगारीको अवसर सिर्जना गर्ने बताइन् । सेमरी टोल विकास संस्थाका अध्यक्ष हरि नारायण थारुले किसानले अनुदान पाउन प्रक्रिया सहज नभएको गुनासो गरे ।




    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij