
सोमवार , कार्तिक १, २०७८
काठमाडौं, १ कात्तिक ।
प्रवासी नेपालीले कोलकाता महानगरीमा सामूहिक दुर्गापूजा उत्सव गरेका छन् । श्रीगोरखनाथ सेवा समितिको आयोजनामा कोलकाताका नेपालीले दुर्गापूजा सम्पन्न गरेका हुन् । आजभन्दा ४९ वर्षअगाडि स्थापित समितिको आयोजनामा कोलकाता कर्पाेरेसनको छेउमा पण्डाल निर्माण गरी नेपाली रीतिरिवाज र शैलीमै मौलो पूजन, जमरा राख्ने र फूलपाती भित्र्याउने तथा टीका लगाउने आदि जस्ता सम्पूर्ण विधि पूरा गरिएको थियो ।
विजयादशमीको दिन बेलुका देवीको मूर्ति विसर्जन गरी पूजा कार्यक्रम सम्पन्न गरिएको थियो । फूलपाती समारोहका साथ सांस्कृतिक कार्यक्रम र ‘मौलो’ पत्रिकाको ३३ औँ अंक विमोचन गरिएको थियो ।
समारोहमा नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, नेपाल पारवहन शाखा प्रबन्धक हिमनाथ पौडेल, भारतीय सेनाका कर्णेल महेश्वरसिंह गुरुङ, आयोजक समितिका अध्यक्ष अरुण पाण्डे, समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ र सचिव नरविक्रम थापा, भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठक, उपाध्यक्ष बद्रीविक्रम थापा, संयुक्त नेपाली केन्द्रीय सेवा संघका महासचिव रामप्रसाद उपाध्याय, मौलोका प्रधान सम्पादक धनराज थापा, संयुक्त नेपाली वेलफेयर ट्रष्टका सभापति खिमराज बराल, जानकीमाता नेपाली धार्मिक संघका सल्लाहकार मोहनसिंह कार्की, समितिका आजीवन सदस्य रामबहादुर कार्की लगायतको सहभागिता थियो । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij