२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

चीनको ७१ औं राष्ट्रिय दिवसलाई स्वागत

बिहिवार , आश्विन १५, २०७७

भैरहवा, १५ असोज । 
नेपाल चीन मैत्री समाज लुम्बिनीले छिमेकी देश चीनको ७१ औं राष्ट्रिय दिवसलाई स्वागत गरेको छ । हरेक वर्षको अक्टोबर १ तारिखलाई चीनले राष्ट्रिय दिवसमा रुपमा मनाउँदै आएको छ ।  

नेपाल चीन मैत्री समाजको कार्यालयमा आयोजित कार्यक्रमका वक्ताहरुले नेपालको असल छिमेकी मुलुक चीनको विकास र समृद्धिबाट पाठ सिकेर नेपाललाई पनि समृद्ध बनाउन ध्यान दिनुपर्नेमा जोड दिए । 

प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले चीनले स्वतन्त्र भएको छाटो अवधिमै आफूलाई आर्थिक, सामरिक र हरेक हिसाबले विश्वकै अग्रणी र शक्तिशाली मुलुकमा उभ्याएको चर्चा गर्दै नेपालको सरकार र राजनीतिक दलहरुले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताइन् । 

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले माओत्से तुङ हुँदै वर्तमान राष्ट्रपति सी जिन पिङसम्मको नेतृत्वको कार्यकुशलता, इमान्दारिता र जनताको अथक मेहनतबाट चीनले विकासमा फड्को मारेर प्रगति गरेको बताए । अध्यक्ष सापकोटाले चीनको पञ्चशीलको विदेश नीतिको सम्मान गर्दै एक चीन नीतिको पक्षमा नेपाल सधैं दृढ रहनुपर्नेमा जोड एि ।

चीनले राष्ट्रिय दिवसमा आठ दिन विदा दिने गरेको उल्लेख गर्दै अध्यक्ष सापकोटाले उक्त अवधिमा चिनीया नागरिकलाई लुम्बिनीमा आकर्षित गर्न सके मात्रै लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने भन्दै सरकारको ध्यानाकर्षण गराए । 

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रैय, समाजका उपाध्यक्ष गोविन्द रेग्मी, महासचिव मनिष कुमार जोशी, समाजसेवी नारायण प्रसाद अग्रवाल, साहित्यकार डिल्लीराज भट्टराई लगायतले बोल्दै चीनका जनतासंग जनस्तरको सम्बन्ध विस्तारमा समाजले महत्वपूर्ण भूमिका खेलेको बताए । चीनले चालू वर्षको अक्टोबर १ तारिखदेखि राष्ट्रिय दिवसको अवसरमा आठ दिने विदा दिने गर्छ ।