images

शनिवार, बैशाख ८ गते २०८१

सेनाको बसमा बम विस्फोट तेह्रको मृत्यु

सेनाको बसमा बम विस्फोट तेह्रको मृत्यु

images
images
images
बुधवार, कार्तिक ३ २०७८
बुधवार, कार्तिक ३ २०७८
  • सेनाको बसमा बम विस्फोट तेह्रको मृत्यु

    कात्तिक, ३ :  सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ ।  राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ । 

    दमासकसमा हालैका वर्षहरुमा केही हदसम्म हिंसा कम भएको थियो ।  इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले  २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो । यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । तर विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए । 

    दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरु शुरू गर्न को लागी स्थिरताको ग्यारेन्टी  गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ । राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तराष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहनु भएको छ र हालैका महिनाहरुमा यसमा प्रवेश पाएको छ ।रासस

    images
    images
    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij