images

शुक्रवार, बैशाख २१ गते २०८१

मेरापिक क्षेत्रमा पर्यटकसँग गएका भरियाको लेक लागेर मृत्यु

मेरापिक क्षेत्रमा पर्यटकसँग गएका भरियाको लेक लागेर मृत्यु

images
images
images
बुधवार, कार्तिक ३ २०७८
बुधवार, कार्तिक ३ २०७८
  • मेरापिक क्षेत्रमा पर्यटकसँग गएका भरियाको लेक लागेर मृत्यु

    कात्तिक ३ , सोलुखुम्बु।  मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ ।

    images
    images
    images

    महाकुलुङ गाउँपालिका-५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।

    सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको मृत्यु भएको बताइएको छ।

    पर्यटकको भरियाका रूपमा गएको बुझिए पनि कुन कम्पनीबाट गएको भन्नेबारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

    घटनास्थलमा प्रहरी पुग्न तीन दिन लाग्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा फोन सम्पर्कसमेत राम्रो नहुने हुँदा समस्या भएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।  रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij