
बिहिवार , आश्विन १५, २०७७
भैरहवा, १५ असोज ।
कोरोना संक्रमित विरामीलाई नबोक्ने एम्बुलेन्सलाई कारवाही गर्न कानून व्यवसायी तथा सामाजिक अभियन्ता प्रख्यात बञ्जाडेले माग गरेका छन् । उनले सरकारले छुट दिएका एम्बुलेन्स सञ्चालकहरुले विरामी नबोकेको अवस्थामा स्थानीय प्रशासनले हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका हुन् ।
बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै बञ्जाडेले नेपाल सरकारले भन्सार छुट गरेको एम्बुलेन्सहरुले महामारीमा कोरोना संक्रमित विरामी नबोक्नु दुःखद भएको उल्लेख गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भएका र कोरोनाको जस्तो मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरुलाई नबोक्ने एम्बुलेन्सलाई कारवाही हुनुपर्ने बञ्जाडेको भनाइ छ ।
एम्बुलेन्स चालकहरुलाई बीमा, सुविधा, तलबमा बढोत्तरी गरी तथा पीपीई किटको व्यवस्थापन गरी संक्रमित विरामीको उपचारका निम्ति अस्पताल लैजानुपर्ने विरामी अकालमा मृत्यु हुने खबरले मर्माहित छौं, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ घिमिरेले यसबारे अविलम्ब कदम चाल्ने बताएको बञ्जाडेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij