२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

रुपन्देहीमा बिहीबार थपिए ९१ जना कोरोना संक्रमित

बिहिवार , आश्विन १५, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, १५ असोज । 
    रुपन्देहीमा बिहीबार थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३२ महिला र ५९ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकामा ५४, सिद्धार्थनगर नगरपालिकामा ८, तिलोत्तमा १६, मायादेवी  र रोहिणीमा १/१, सियारीमा २, सैनामैनामा ४ र शुद्धोधन गाउँपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

    योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७ सय २ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    जिल्लामा हालसम्म १ हजार ९ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ७ सय ३० जना उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।