२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

सामाजिक विकास डिभिजन कार्यालयद्धारा वृद्धाश्रममा खाद्यान्न हस्तान्तरण 

बिहिवार , आश्विन १५, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, १५ असोज ।
    सामाजिक विकास डिभिजन कार्यालय भैरहवा, रुपन्देहीले ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर रुपन्देहीको ओमसतिया–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा पौष्टिक खाद्यान्न तथा अन्य सामाग्री हस्तान्तरण गरेको छ ।

    “महामारीमा बुढ्यौली र उमेरका कारण जेष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउँछ” भन्ने नाराका साथ मनाउन लागिएको दिवसमा आश्रममा आश्रित बुवाआमाका लागि हर्लिक्स, बिस्कुट लगायतका पौष्टिक खानेकुराका साथै सरसफाइमा सहयोग पुगोस् भनेर साबुन समेत प्रदान गरिएको डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले जानकारी दिए । पाका व्यक्तिका जीवनका अनुभवलाई आदानप्रदान गर्नुपर्ने अपरिहार्यतालाई बुझनुपर्ने समय आएको उनले बताए ।

    उक्त सामाग्री आश्रमका अध्यक्ष माया खरेलमार्फत त्यहाँ आश्रित बुवाआमालाई हस्तान्तरण गरिएको सामाजिक विकास डिभिजन कार्यालयका शाखा प्रमुख श्यामलाल न्यौपानेले बताए । सामाग्री हस्तान्तरण गर्दै कार्यालय प्रमुख भण्डारीले डिभिजन कार्यालयले हाल शिक्षा तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतका कामहरु गर्दै आइरहेको जानकारी दिदै जेष्ठ नागरिकको संरक्षण गर्ने सरकारको दायित्व भएको बताए ।

    सो अवसरमा आश्रमका अध्यक्ष माया खरेलले सहयोगका लागि डिभिजन कार्यालयलाई धन्यवाद दिइन् । हाल आश्रममा १८ जना वृद्धवृद्धा आश्रित छन् ।