images

सोमवार, बैशाख २४ गते २०८१

दुबईमा अलपत्र सात नेपालीको उद्धार

दुबईमा अलपत्र सात नेपालीको उद्धार

images
images
images
शुक्रवार, कार्तिक ५ २०७८
शुक्रवार, कार्तिक ५ २०७८
  • दुबईमा अलपत्र सात नेपालीको उद्धार

    वीरगञ्ज, ५ कात्तिक। वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका सात युवाको उद्धार गरिएको छ। पर्साको बहुदरमाई नगरपालिका घर भएका उनीहरुको उद्धार पश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो।

    दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्। 

    एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन। नगरप्रमुख साहले भने “मेरो दुबई यात्रा सात दिनको थियो, तर युवाहरूका बारेमा थाहा पाएपछि मैले भ्रमण तीन दिनमै छोट्याएँ, युवाहरूको उद्धार गरी घर फकाईएको छ।” 

    नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएका हुन। रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij