२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

रोहिणी खोलामा डुबेर हराएका युवक मृत भेटिए

शुक्रवार , आश्विन १६, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १६ असोज ।
    बिहीबार  दिउँसो ३ बजे तिलोत्तमा नगरपालिका–१२ जोरपानी रोहिणी खोलामा डुबेर हराएका तिलोत्तमा–१२ टुकटुकियाका १७ वर्षिय राजेश चौधरी शुक्रबार मृत भेटिएका छन् ।

    खोलामा डुबेर हराएका चौधरीलाई सशस्त्र प्रहरी वेश क्याम्प गंगोलियाबाट खटिएको उद्दार टोलीले शुक्रबार बिहान पौने १० बजे  मृत अवस्थामा फेला पारेको गंगोलियाका सशस्त्र प्रहरी निरीक्षक भान कार्कीले बताए ।  चौधरीको उद्दारमा स्थानीय र नेपाल प्रहरीको टोली पनि खटिएको थियो ।