images
images

आइतवार, जेठ ६ गते २०८१

प्रदेश ५ सरकारद्वारा स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रस्ताव  

प्रदेश ५ सरकारद्वारा स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रस्ताव  

images
images
images
शुक्रवार, आश्विन १६ २०७७
शुक्रवार, आश्विन १६ २०७७
  • प्रदेश ५ सरकारद्वारा स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी  प्रस्ताव  

    बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामका लागि प्रस्ताव पेश गरेको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरिएको हो । 

    images
    images
    images


    बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले साढे दुई बर्ष पछि मात्रै प्रस्ताव पेश गरेका हुन् । मन्त्री केसीले दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश गरेका हुन् । 

    प्रदेश ५ को स्थायी राजधानीबारे लामोसमयदेखि बहस र छलफल हुँदै आएपनि सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दाङको देउखुरीमा प्रदेश ५ को राजधानी बनाउने मौखिक सहमति जनाएपछि प्रदेश सरकारले सभामा प्रस्ताव पेश गरेको हो।

    प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जनाए । प्रदेश सभाको आगामी बैठक १९ गते मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ । सरकारले पेश गरेको प्रस्तावमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजबादी पार्टी लगाएतले भने असहमति जनाएका छन । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij