images

शनिवार, बैशाख २२ गते २०८१

उपचारमा आर्थिक अभाव भएका बिरामीलाई जेसीआई सिद्धार्थद्वारा सहयोग

उपचारमा आर्थिक अभाव भएका बिरामीलाई जेसीआई सिद्धार्थद्वारा सहयोग

images
images
images
सोमवार, कार्तिक ८ २०७८
सोमवार, कार्तिक ८ २०७८
  • उपचारमा आर्थिक अभाव भएका बिरामीलाई जेसीआई सिद्धार्थद्वारा सहयोग

    भैरहवा, ८ कात्तिक ।
    जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)ले आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीलाई आर्थिक सहयोग गरेको छ । सिद्धार्थनगर नगरपालिका–५ निवासी अशोक भट्टाचार्यको उपचारका लागि ४५ हजार रुपैयाँ प्रदान गरिएको जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । अध्यक्ष ज्ञवालीका अनुसार भट्टाचार्यको स्मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । 

    images
    images
    images

    कोरोनाबाट संक्रमित भइ आर्थिक अभावका कारण उपचारमा समस्या भएका भट्टाचार्यलाई रकम हस्तान्तरण गरिएको जेसीआई सिद्धार्थ, नेपाल २०२१ का अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक हरिश सेठियाले बताए । भट्टाचार्यको छोरी सीमा भट्टाचार्यलाई उक्त रकम हस्तान्तरण गरिएको सेठियाले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष, पदाधिकारी लगायतको सहभागिता रहेको वर्ष २०२१ का महासचिव सागर पोख्रेलले बताए ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij