images
images

आइतवार, जेठ ६ गते २०८१

प्रदेश ५ को राजधानीका बिषयमा बिपक्षी सांसदको बिरोध, सडकमा जान सक्ने चेतावनी 

प्रदेश ५ को राजधानीका बिषयमा बिपक्षी सांसदको बिरोध, सडकमा जान सक्ने चेतावनी 

images
images
images
शुक्रवार, आश्विन १६ २०७७
शुक्रवार, आश्विन १६ २०७७
  • प्रदेश ५ को राजधानीका बिषयमा बिपक्षी सांसदको बिरोध, सडकमा जान सक्ने चेतावनी 

    बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रका लागि प्रस्ताव पेश गरेपछि प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेस र जनता समाजबादी पार्टी नेपालले असहमती जनाएको छ । प्रदेश सभा गठन भएको साढे दुई बर्ष पछि सरकारले प्रतिपक्षी दलसंग समन्वय नै नगरी प्रस्ताव पेश गरेको भन्दै असहमति जनाएको छ । 

    images
    images
    images

    प्रदेश सभाको शुक्रबार बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेका थिए ।

    संसद बैठकमा बोल्दै कांग्रेस सांसद फखरुद्दीन खाँनले प्रदेश ५ सरकारले राजधानीको विषयमा ऐतिहासिक विषय प्रदेशसभामा पेश गरे पनि समन्वय नै नगरी हतारमा ल्याएको भन्दै चित्त दुःखेको बताए । उनले अढाइ वर्षको अवधि बित्दा प्रमुख प्रतिपक्षी, प्रतिपक्ष र सतारुढ दलका सांसदहरुले राजधानी र नामाकरणको बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउदै आएका बेला बिना कुनै जानकारी हतारमा प्रस्ताव ल्याईएको बताए ।

    ‘प्रदेशको राजधानी र नामका बिषयमा आज यो सरकारले प्रस्ताव पेश गर्दै गर्दा हर्षोलासका साथ हामीले ताली बजाएर, टेवुल ठटाएर स्वागत गर्नु पर्नेमा जुन किसिमले प्रस्ताव ल्याइएको छ, यसले हाम्रो चित्त दुखेको छ सभामुख महोदय, उनले भने ।’

    त्यस्तै कांग्रेस सांसद रमा अर्यालले राजधानीको विषयमा विशेष समिति बनाइएको भए पनि त्यो समितिलाई जानकारी नगराइकन सरकारले एकलौटी ढंगले प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाइन् । 

    जनता समाजबादी पार्टी नेपालका सांसद सन्तोषकुमार पाण्डेयले पनि सरकारले संसदमा पेश गरेको स्थायी राजधानीका बिषयमा आपत्ती जनाएका छन् । जसपा संसदिय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेयले प्रदेश ५ को को स्थायी राजधानी बिगतको सरकारले तोकेकै स्थानमा रहनु पर्नेमा जोड दिए । ‘राजधानी जहाँ छ त्यही रहन दिनुस, राजधानी सार्ने कुराले दुर्घटना हुन सक्छ, त्यसको जिम्मेवारी प्रदेश सरकारले लिनु पर्दछ, सांसद पाण्डेले भने प्रदेश राजधानीका लागि हामी सडकमा जान परेपनि जान्छौ ।’ 

    उनीहरुले प्रदेशको नामका बिषयमा भने असहमति नभएको बताएका छन् । सरकारले प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव संसदमा पेश गरेको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij