२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

भैरहवामा आध्यात्मिक जागरण एकता विराट धर्मसभा सुरु (फोटोफिचर)

सोमवार , कार्तिक ८, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, ८ कात्तिक ।

    भैरहवामा आर्शीवचन एवं आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबार सुरु भएको छ । अनन्त श्री विभूषित श्री जगत गुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको विराट धर्म सभा सुरु हुनु अघि शोभा यात्रा निकालिएको छ ।

    सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गदैै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट)मा पुगेको थियो । शोभा यात्रामा धर्मगुरु तथा विभिन्न धार्मिक संघ–संस्था लगायतको सहभागिता रहेको थियो ।

    श्री गोबर्धन मठ पुरी–पीठका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द सरस्वती जी महाराज धार्मिक सभामा आएका छन् । हिन्दू धर्मका धर्माचार्य तथा धर्म गुरुहरुमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आएपछि हिन्दू धर्मसंग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवामा भेला भएका छन् ।

    IMG_7184.JPG

    आध्यात्मिक जागरण एकता विराट धर्मसभा कार्यसम्पादन मूल समितिका संयोजक कृष्ण प्रसाद शर्माले अनन्त श्री विभूषित श्री जगत गुरु शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वती जी महाराजलाई बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुशीको अनभुति भएको बताए । उनले महाराजबाट नेपाल र नेपालीको लागि महत्वपूर्ण सन्देश प्रवाह हुने बताए ।

    आध्यात्मिक गुरु तथा हिन्दू विद्यापीठ स्कूलका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले नेपाललाई हिन्दू राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताए ।


    IMG_7213.JPGIMG_7221.JPGIMG_7196.JPGIMG_7192.JPGIMG_7130.JPGIMG_7150.JPGIMG_7167.JPGIMG_7171.JPGIMG_7128.JPGIMG_7115.JPGIMG_7125.JPG