images

शनिवार, बैशाख २२ गते २०८१

घरमै पुगेर अनितलाई परिचयपत्र

घरमै पुगेर अनितलाई परिचयपत्र

images
images
images
सोमवार, कार्तिक ८ २०७८
सोमवार, कार्तिक ८ २०७८
  • घरमै पुगेर अनितलाई परिचयपत्र

    बुटवल, ८ कात्तिक ।

    गुल्मीको धुर्कोट गांउपालिकाले पुर्ण अशक्त तथा शारीरिक रुपमा अपांगता भएका आफ्ना नागरिकहरुलाई घर घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको छ । यसैक्रममा धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधाराकी अनिता खड्कालाई घरमै पुगेर परिचय प्रदान गरिएको छ ।

    लामो समयदेखि स्वास्थ्य उपचारमै रहेकी खड्कालाई पालिकाका उपाध्यक्ष शिव केसी नेतृत्वको टोलीले घरमै पुगेर सेवा प्रदान गरेको हो । आफै हिड्डुल गर्न नसक्ने शारिक रुपमा अशक्त तथा जेष्ठ नागरिकहरुलाई दैलोमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ घरमै पुगेर परिचयपत्र वितरण गरेको उपाध्यक्ष केसीले बताए । उनका अनुसार अनितालाई क वर्गको परिचयपत्र प्रदान गरिएको छ ।

    घरमै पुगेर कागजात लिनेदेखि घरमै परिचयपत्र उपलब्ध गराएकोमा अनिताका श्रीमान् विनोद खड्काले आधार प्रकट गरे । सो अवसरमा वडा अध्यक्ष नविन जिसी, नेपाली कांग्रेसका वडा सभापति धन वहादुर खड्का लगायतको सहभागिता रहेको थियो । परिचयपत्र पाएसंगै अव उनले सरकारले तोकेका विभिन्न सुविधा पाउनेछिन् ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij