
सोमवार , कार्तिक ८, २०७८
बुटवल, ८ असोज ।
गणेशमान सिंह फाउण्डेशन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा काठमाण्डौमा हुने वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा रुपन्देहीबाट सहभागी खेलाडीहरुलाई बिदाई गरिएको छ । कात्तिक ९ देखि १६ गतेसम्म हुने प्रतियोगितामा भाग लिने जुनियर तथा सिनियर खेलाडीहरुलाई रुपन्देही लन टेनिस संघका पदाधिकारीहरुले एक समारोहकाबीच आइतबार देविनगर लन टेनिस कम्प्लेक्समा सफलताको शुभकामना दिदै बिदाई गरेको हो । संघका अध्यक्ष संजय श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवाली, रामु बिक, मनोज बस्नेत, अनिल सेञ्चुरी, बालकृष्ण अर्यालले प्रशिक्षक तथा खेलाडीहरुलाई खादा तथा टिका लगाएर बिदाई गरेका थिए ।
युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा लन टेनिस प्रशिक्षण दिदै आएको छ । बुटवलबाट विभिन्न उमेर समूहका जुनियर १३ जना र सिनियर गरी दुई दर्जन बढी खेलाडीहरुले प्रतियोगितामा भाग लिदैछन ।
गणेशमान सिंह फाउण्डेशनको आयोजनामा ललितपुरस्थित सातदोबाटो कम्प्लेक्समा आठ दिनसम्म चल्ने प्रतियोगितामा देशभरका खेलाडीहरुले भाग लिदैछन । प्रतियोगितामा मेन्स सिगल÷डबल्स, वुमन्स सिगल÷डबल्स, ३५, ४५, ५५, ६५ प्लस उमेर समूहमा सिंगल÷डबल्स खेलहरु हुने छन । त्यसै गरी जुनियरतर्फ छात्र र छात्राको एकलतर्फ यु–८, यु–९, यु–१०, यु–१२ तथा यु–१४ उमेर समूहमा प्रतिष्पर्धा हुनेछ भने युगलतर्फ छात्र र छात्राको खुल्ला प्रतिष्पर्धा हुनेछ । जुनियरतर्फका विजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । कुल २ सय बढी खेलाडीहरुले प्रतिष्पर्धा गर्ने खेल संयोजक सन्तोष खत्रीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij