images

शनिवार, बैशाख २२ गते २०८१

नेपाल हिन्दू राष्ट्र नै रहन्छ : धर्मगुरु शंकराचार्य

नेपाल हिन्दू राष्ट्र नै रहन्छ : धर्मगुरु शंकराचार्य

images
images
images
सोमवार, कार्तिक ८ २०७८
सोमवार, कार्तिक ८ २०७८
  • नेपाल हिन्दू राष्ट्र नै रहन्छ : धर्मगुरु शंकराचार्य

    भैरहवा, ८ कात्तिक ।  
    अनन्त श्री विभूषित श्री जगत गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती महाराजले नेपाल यस अघि पनि हिन्दू राष्ट्र रहेको, अहिले पनि हिन्दू राष्ट्र रहेको र भविष्यमा समेत हिन्दू राष्ट्र नै रहने बताएका छन् । विश्व ओमकार एकता महाअभियानको आयोजनामा नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानसहित धर्मगुरुहरु भैरहवा आएका छन् । भैरहवामा सोमबार आयोजित आध्यात्मिक जागरण विराट एकता धर्म सभामा बोल्दै धर्मगुरु शंकराचार्यले हिन्दू राष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुन बताए ।

    images
    images
    images

    भारतको श्री गोबर्धन मठ पुरी–पीठका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द सरस्वती महाराजले कुनै व्यक्ति वा वस्तु एक क्षणको लागि पनि धर्मनिरपेक्ष हुन नसक्ने उनले बताए । उनले सबै धर्महरुको मूल धर्म सनातन धर्म नै रहेकोले यसको शान्तिपूर्वक प्रचारको लागि सबै लाग्न आग्रह गरे । उनले नेपालबाट सुरु गरी यो अभियानलाई एशिया महाद्विपसम्म नै पुर्याउने बताए । 

    आध्यात्मिक जागरण एकता विराट धर्मसभा कार्यसम्पादन मूल समितिका संयोजक कृष्ण प्रसाद शर्माले अनन्त श्री विभूषित श्री जगत गुरु शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वती महाराजलाई बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुशीको अनभुति भएको बताए । उनले महाराजबाट नेपाल र नेपालीको लागि महत्वपूर्ण सन्देश प्रवाह हुने बताए । आध्यात्मिक गुरु डा. चिन्तामणि योगीले नेपाललाई हिन्दू राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताए ।

    धर्म सभा सुरु हुनु अघि भैरहवामा शोभा यात्रा निकालिएको थियो । सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गदैै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट)मा पुगेको थियो । शोभा यात्रामा धर्मगुरु तथा विभिन्न धार्मिक संघ–संस्था लगायतको सहभागिता रहेको थियो ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij