२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भैरहवाको सडकमा साइकल चलाउँदै विश्व साइकलयात्री पुष्कर शाह

शुक्रवार , आश्विन १६, २०७७

भैरहवा, १६ असोज ।
विश्व साइकल यात्री पुष्कर शाह शुक्रबार भैरहवा आइपुगेका छन् । शाहलाई गौतमबुद्ध विमानस्थलमा जेसीआई सिद्धार्थ नेपाल र साइकल सिटी भैरहवाले स्वागत गरेको छ ।

विश्व साइकल यात्री शाहले भैरहवाको सडकमा साइकलयात्रीसंगै साइकल चलाएका छन् । साइकलमै साढे ५ पटक विश्व भ्रमण गरेका शाहसंगै साइकल चलाउन पाउँदा साइकलयात्रीहरु खुशी देखिन्थे । 

जेसीआई सिद्धार्थको आयोजनामा शनिबार भैरहवादेखि त्रिवेणी धामसम्म हुने साइकल यात्रामा सहभागि हुन उनी भैरहवा आएका हुन् । ‘स्वास्थ्य र सम्पदा प्रबद्र्धनका लागि साइकल यात्रा’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा शाहको सहभागिता रहने जेसीआई सिद्धार्थ वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले बताए । 

IMG_6308.JPGभैरहवाको बुद्धचोकबाट शनिबार बिहान साढे ५ बजे सुरु हुने साइकल यात्रा नवलपरासीको रामग्राम स्तुपा, भुमही, बर्दघाट हुँदै त्रिवेणीको गजेन्द्रमोक्ष दिव्यधाम पुगेर समापन हुने उनले जानकारी दिए । साइकल यात्रामा एक सय बढी साइकलयात्रीको सहभागिता रहने साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए ।IMG_6325.JPGIMG_6332.JPG