२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

अनाथ आश्रमलाई खाद्यन्न बितरण

मंगलवार , कार्तिक ९, २०७८

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • भैरहवा, ९ कार्तिक। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवार भैरहवाले बुटवलमा खाद्यन्न बितरण गरेको छ।

    ती सस्थाले मिलिजुली परिवारका बरिष्ठ सल्लाहकार अमृता भट्टराईको जन्मदिनको अबसरमा बुटवलमा रहेको नेपाल अपाङ्ग अनाथ आश्रमलाई खाद्यन्न बितरण गरेको हो।

    भट्टराईले होटलमा गएर जन्मदिन मनाउने परिपाटिलाई निरुत्साहित गर्दै होटलमा हुने खर्चलाई आश्रममा लगेर दिएको बताईन। उनले जन्मदिन मनाउने कार्यक्रम बापतको २० हजार र मिलिजुली परिवारका सदस्यले संकलन गरेको २५ हजार गरी ४५ हजार बराबरको खाद्यन्न्न सहयोग गरेको कार्यक्रम संयोजक माधब शर्माले जानकारी दिए।

    आश्रमलाई दाल, चामल, तेल, नुन, आलु, प्याज, मटर, चिनी, चियापत्ती, मरमसला लगाएतका सामाग्री बितरण गरेको रारा सैन्जुले जानकारी दिईन। सो अबसरमा सामाजिक अभियन्ता शिव पोखरेलले २ कट्टा चामल र ओम गुल्मेली फेन्सी स्टोर्सको तर्फबाट २१ थान सर्ट समेत प्रदान गरिएको थियो।

    कार्यक्रममा शिव पोखरेल, अमृता भट्टराई, सबिना श्रेष्ठ, निरु थापा, सिद्धार्थ गौतम, रेनु पाण्डे, रेखा पाण्डे, मधुसुदन पाठक लगाएले बोलेका थिए।