
बिहिवार , कार्तिक ११, २०७८
बुटवल, ११ कात्तिक ।
तिलोत्तमा तेक्वान्दो डोजाङको आयोजनामा प्रथम तिलोत्तमा जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०७८ हुने भएको छ । कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्ला अध्यक्ष दिपेन्द्र बुढाप्रिति, सदस्य राम प्रसाद कहार, सिमानगर व्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले खेलाडीको टिसर्ट समेत लञ्च गरेका छन् ।
प्रतियोगिताको आवश्यक तयारी तीव्र रुपमा भइरहेको आयोजक डोजाङका अध्यक्ष विष्णु कुमार चौधरीले बताए । प्रतियोगितामा पुरुषतर्फ पुम्पे विधामा १५, १८, २१, २३, २५, २८, ३२, ३६, ४०, ४५, ५४, ५८, ६२ केजी तथा महिलातर्फ १६, २४, २७, ३०, ३४, ३७, ४०, ४८ केजी गरी १३ वटा पुरुष र ९ वटा महिला तौल समूहमा खेल हुनेछन् । त्यसै गरी स्पाईरिङ खेल समेत हुने उनले बताए । प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १८ वटा डोजाङका २ सय ५० खेलाडीहरु भाग लिनेछन् ।
प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयबाट ४० हजार रुपैयाँ, सीमानगर टोल विकास समितिबाट २५ हजार रुपैयाँ सहयोग भएको सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले बताए । प्रतियोगिता आयोजना गर्न करीब २ लाख बढी खर्च हुने आयोजकको अनुमान छ ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोशिष बहादुर खड्काले कोभिड १९ प्रभावसंगै खेल गतिविधि कम हुँदा खेलाडीहरुलाई निराशा छाएको बेला आयोजना गरिने प्रतियोगिताबाट धेरै फाइदा मिल्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij