२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

राजधानी प्रस्ताव भएपछि भालुवाङ आसपासका जग्गा किनबेच र कित्ताकाटमा रोक

शनिवार , आश्विन १७, २०७७

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • बुटवल। प्रदेश ५ को स्थायी राजधानीका लागि सरकारले दाङको भालुवाङ (देउखुरी क्षेत्र) का लागि प्रस्ताव गरिएपछि त्यस वरपरका जग्गामा कित्ताकाट तथा किनबेचमा रोक लगाइएको छ। 
     
    प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच र कित्ताकाटमा रोक्का गरिएको जानकारी गराएको हो। 
     
    कार्यालयले काटेको पत्रमा दाङको राप्ती गाउँपालिकाका पूरै भाग, गढवा गाउँपालिकाका वडा नम्बर १,२ र ३ का साथै अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेचमा रोक्का लगाइएको जानकारी गराइएको हो। 
     
    दाङको भालुवाङलाई राजधानी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा शुक्रबार पेस भएको छ। असोज १९ गते आईतबार सो प्रस्तावको टुंगो लाग्नेछ। नेकपाको सरकार रहेको दुई तिहाई मत नेकपासँगै भएकाले सो प्रस्ताव सहजै पास हुने अनुमान गर्न सकिन्छ।  
    jagga.jpg