२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रस्तावित प्रदेश राजधानी र नामबारे छलफल गर्न नेकपा संसदीय बैठक जारी

शनिवार , आश्विन १७, २०७७

बुटवल। प्रदेश ५ को प्रस्तावित स्थायी राजधानी र नामबारे छलफल गर्न नेकपा संसदीय दलको बैठक बसेको छ। राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउने प्रस्तावबारे छलफल गर्न नेकपा संसदीय दलको बैठक बिहान ८ बजेपछि संसदीय दलको कार्यालयमा बसेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए। 

उनका अनुसार बैठकमा प्रस्तावित राजधानी र नामको बारेमा बैठकमा छलफल हुनेछ। सदनमा प्रस्ताव पेश गरेपछि त्यसलाई पास गराउनका लागि नेकपा प्रदेश ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई निर्देशन दिने र पार्टी निर्णयबाहिर नजान निर्देशन दिने बताईएको छ। 

सरकारले सदनमा प्रस्ताव पेश गरेको एकल स्थानबारे नेकपाका केही नेताहरुले असन्तुष्टि जनाएका छन् । प्रदेशका सांसद र पार्टीसँग पर्याप्त छलफल नगरी ल्याइएको प्रस्तावबारे संसदीय दलको बैठकमा केही सांसदले असन्तुष्टि व्यक्त गर्ने तयारी गरेका छन्।