२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

प्रदेश राजधानी बुटवलमै कायम गर : राप्रपा रुपन्देही

शनिवार , आश्विन १७, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रमा प्रस्ताव गरेको प्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ।

    नेकपा नेतृत्वको सरकारले जनभावना विपरित प्रदेश राजधानी सिफारिस गरेको भन्दै राप्रपाले प्रदेश राजधानी बुटवलमै हुनु पर्ने अडान राखेको छ।

    राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणाद्वारा जारी बिज्ञप्तीमा २०७४ माघ ३ गते राप्रपाका बरिष्ठ नेता तथा तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहोरा सहित तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भौतिक पुर्वाधारका हिसावले सम्पन्न बुुटवललाई प्रदेश अस्थायि मुकाम तोकेको उल्लेख छ।

    बिशेष आर्थिक क्षेत्र (सेज), अन्तराष्ट्रिय बिमानस्थल, अन्तराष्ट्रिय सिमानाका, मेडिकल कलेज, बिश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनी लगाएतका संरचना भएका कारण रुपन्देही प्रदेशको स्थायी राजधानीका लागि उपयुक्त रहेको ठहर गर्दै राप्रपाले प्रदेश राजधानी सम्बन्धी निर्णय नसच्याए यसबाट उत्पन्न परिस्थितिको जवाफदेही स्वयं प्रदेश सरकार हुने चेतावनी दिएको छ।

    rpp.jpg